पोखरामा पशुस्वास्थ्य तथा इपिडिमियोलोजी तालिम सम्पन्न
गण्डकी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा भएको पशुस्वास्थ्य तथा इपिडिमियोलोजी तालिम सम्पन्न भएको छ । सोमबार बाट शुरु भएको तालिम बुधबार सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सहचिव शरदचन्द्र श्रेष्ठले तालिम आबश्यकताको आधारमा हुनुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले प्राविधिकहरु तालिमपछि अझबढि दक्षहुने भन्दै फिल्डमा देखिने गरी काम गर्न निर्देशन दिनुभयो ।

तालिममा सहभागि देवकूमारी श्रेष्ठले तालिमबाट थप सिप सिक्ने अबसर मिलेको बताउनुभयो ।तालिममा गण्डकी पदेशका विभिन्न स्थानीय तहको पशु सेवा शाखामा कार्यारत २० जना प्राविधिकहरु सहभागीभएको पशुस्वास्य प्राविधिक सुरेशराज श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमम पशुविकास अधिकृत नारायणकाजी गुरुङको अध्यक्षतामा भएको थियो ।
Facebook Comments

