भारतले एलओसी पार गरेर निहत्था नागरिकमाथि आक्रमण गर्योः पाकिस्तान

पाकिस्तानले आफ्नो सीमाक्षेत्रमा पसेर निहत्था नागरिकमाथि भारतीय पक्षबाट आक्रमण भएको आरोप लगाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले कस्मिरमा दुई देशबीचको लाइन अफ कन्ट्रोल (एलओसी) मिचेर निहत्था नागरिकमाथि आक्रमण गरेको बताउनुभएको हो ।

आइतबार दिउँसो ट्विट गर्दै प्रधानमन्त्री खानले सन् १९८३मा भएको निश्चित परम्परागत हतियारसम्बन्धी सम्झौतामा आफूले गरेका प्रतिवद्धता र अन्तर्रा्ष्ट्रिय मानवीय कानुनको समेत भारतीय पक्षले उल्लंघन गरेको आरोप लगाउनुभयो ।

उहाँले भारतले गरेको यो आक्रमणप्रति संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको समेत ध्यानाकर्षण गराउनुभएको छ । उहाँले यस घटनाले अन्तर्रा्ष्ट्रिय शान्ति र सुरक्षामा समेत खतरा उत्पन्न भएको बताउनुभएकोछ ।

Facebook Comments