हरिहर गुफालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने

पोखरा महानगरपालिका वडानं २० भलाममा रहेको हरिहर गुफा सन्यास आश्रमलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएको छ ।

यसबर्ष बाट शुरु भएको बोलबम यात्रा पश्चात भएको कार्यक्रमलाई सम्बोधन गर्दे वडानं २०का वडा अध्यक्ष सीम गुरुङले प्राकृतिक र धार्मिक हिसावले महत्वपुर्ण क्षेत्र हरिहर गुफाको प्रचार प्रसार संगै धार्मिक पर्यटकीय क्षेत्र बनाउने बताउनुभयो ।

अध्यक्ष गुरुङले बालाचतुर्दशीमा लाग्दै आएको मेलालाई ब्यस्थीत गर्दे ३ दिन सम्म वडाकै पहलमा मेला लाग्ने बताउनुभयो ।

अन्नन्त श्री विभुषित महामण्डलेश्वर स्वामी आत्मनन्द गिरी महाराजले सो क्षेत्र धार्मिक हिसावले महत्वपुर्ण रहेको बताउदै भगवना महादेवलाई साउनको महिनामा जल मनपर्ने हुदा जल चढाउदा मात्रै पनि महादेव खुशी हुने भन्दै धन, शिक्षा र सन्तान सुखको लागि महादेवको पुजा आराधना गर्नुपर्ने बताउनु भयो ।

उहाँले त्यस क्षेत्रमा बृक्षारोपण गर्दा रुद्धारक्ष,कपुर,धुपी लगायतका विरुर्वो रोपेर धार्मिक बनबनाउन जोड दिनु भयो । आश्रमका उपाध्यक्ष अर्जुन क्षेत्री यस बर्षदेखि सोमबार कालीखोला र सेतीगण्डकीको दोभानबाट जल ल्याएर जचढाएको बताउनु भयो ।

महासचिव नारायणजङ खत्रीले स्थानीयहरुको सक्रियताले हरिहर गुफा सन्यास आश्रमको चर्चा हुन थालेको भन्दै आफ्नो ठाउँमा रहेको धार्मिक क्षेत्र चिन्न ढिलाई भएको बताउनुभयो ।

साउन २७ गते अन्तिम सोमबार पोखरा महानगरका मेयर मानवबहादुर जिसीको प्रमुख आतिथ्यता रहने कार्यक्रममा हजारौ भक्तजनको सहभागिता रहने बताइएको छ ।

Facebook Comments