मनकामना पोखरा कपमा जापानको रिस्सो युनिभर्सिटी सेमीफाइनलमा प्रवेश

पोखरामा पहिलो पटक फुटबल खेल्न आएको जापानको रिस्शो युनिभर्सिटीको टिम मनकामना केबलकार पोखरा कपमा विजयी हुँदै सेमीफाइनलमा प्रवेश गरेको छ । रिस्शो युनिभर्सिटीको टिमले विभागीय टिम नेपाल पुलिसलाई १–० ले पराजित गर्दै शसस्त्र प्रहरीको एपिएफसंग सेमीफाइनलमा आफ्नो भेट पक्का गरेको छ ।

जारी खेलको पहिलो हाफमा रिस्शोले पुलिसलाई निकै दबावमा राखेको थियो । जापानी टिमको पहिलो हाफमा खेलाडीको ओभर ल्यापिङ, बलमा पकड र टाइट डिफेन्सले पुलिसलाई खेल्न निकै चुनौती थपेको थियो ।

खेलको पहिलो हाफको १९ औं मिनेटमा नातसुकी ताकेदाले दिएको क्रसबललाई डि एरिया भित्रै रहेका यासुताका सुजुकीले बललाई वन टचमा गोलको दिशा देखाएका हुन् ।
सिक्ने मौका
नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले यो खेलबाट आफ्नो टिमले धेरै सिक्ने मौका पाएको उल्लेख गर्नुभयो । यता जापानी प्रशिक्षक ताकेश तोकाइरिनले पहिलो हाफमा खेलाडीको पर्दशन राम्रो भए पनि दोश्रो हाफमा त्यती जम्न नसकेको बताउनुभयो । बुधबारको चौथो तथा अन्तिम क्वाटर फाइनल खेल तेश्रो मनकामना कपको डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी र ब्रिगेड ब्याइज कलबका विच हुने आयोजक एन्फा कास्कीले जनाएको छ ।

Facebook Comments