कुँडहर समाजद्वारा मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण

कुँडहर समाजले पोखराको छोरेपाटनमा रहेको मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । समाजले आफ्नो सामाजिक काम अन्तर्गत मंगलबार मानवसेवा आश्रममा खाद्यान्न सामाग्री चामल, दाल, घ्यु, नुन, तेल, चिनी जस्ता दैनिक खाद्य सामाग्री वितरण गरेको हो ।

खाद्यान्न वितरण कार्यक्रममा वोल्दै कुँडहर समाजका निवर्तमान अध्यक्ष शिव बहादुर वरालले राज्यले सडकमा वेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाहरुलाई संरक्षण गर्न नसकेको अवस्थामा मानव सेवा आश्रमले गरेको काम अतिनै सह्रानीय रहेको वताउदै मानवियताको कुनै सीमा हुदैन भन्ने कुरा मनन गर्न आग्रह गर्दै समाजको तर्फबाट खाद्यान्न सामाग्री वितरण गरी आश्रम संग जोडिन पाउदा खुसी लागेको वताउनुभयो ।

आश्रमका अभियनता राजन सापकोटाले मानव सेवा आश्रम पोखरा शाखामा ८५ जना बृद्धवृद्धा आश्रित रहेको वताउदै सडकमा वेवारिसे अवस्थामा भेटिएका २ सय २१ जनालाई उद्धार गरी ५० जनालाई पारिवारिक पुनर्मिलन गराइएको र यस्तै विभिन्न संघ सस्थाहरुको सहयोगमानै आश्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

कुँडहर समाजका अध्यक्ष शान्तबहादुर थापाले मानवीय तथा सामाजिक सेवामा समाज लागिपर्ने बताउनुभयो । लिएर भन्दा दिएर बाचौ, प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्ने हातहरु पवित्र हुन्छ भन्ने कथनलाई आत्मसाथ गर्दै मानव सेवा आश्रममा सहयोग गरेको उहाँको भनाई थियो । उक्त कार्यक्रममा समाजका उपाध्यक्ष दया बराल, कोषाध्यक्ष कृष्ण बहादुर केसी, सहसचिव बिक्रम रायमाझी, सदस्यहरु इच्छा बहादुर वाग्ले, देवकी रायमाझी, कमला बराल, समुन्द्र भुजेल, लक्ष्मी थापा, नारायण बहादुर पण्डित, सञ्जना घिमिरे लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments