ल्वाङमा हुने २८ औं चैते दशै एतिहासिक मेलाको तयारी अन्तिम चरणमा

कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका वडा नं. ८ ल्वाङमा हुने २८ औं चैते दशै एतिहासिक मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । विहिबार पोखरामा पत्रकार सम्मेलन गरेर सो जानकारी गराइएको हो ।

यहि चैत्र २४ गतेबाट २८ गते सम्म हुने मेलाको मुख्य आर्काकषणको रुपमा खुल्ला गाउँस्तरिय पुरुष भलिवल प्रतियोगिता, खुल्ला अन्तरक्लब स्तरीय महिला भलिवल प्रतियोगिता, छेलो हान्ने ,मकै गन्ने लगायतका रहेको मेलाका उप संयोजक भरत गुरुङले जानकारी दिनुभयो ।

भलिबलमा विजेता हुने पुरुषको समुहलाई ६० हजार र महिला तर्फ विजेता हुनेलाई २६ हजार रहेको छ । यस्तै पुरुष तर्फ उपविजेताले नगद ४० हजार महिला तर्फ १६ हजार रहेको बताइएको छ । मेलामा २० हजार दर्शकले अबलोकनगर्ने अपेक्षा आयोजकले गरेको छ भने मेला सम्पन्न गर्नको लागि ८ लाख खर्च लाग्ने अनुमान समेत गरिएको छ ।

समाजसेवी समेत रहनु भएका एभरेष्ट टाइम्सका सम्पादक कुमार गुरुङले मेलामा पुग्ने पाहुनाहरुलाई स्वागत गर्न ल्वाङ गाउँ तयारी अबस्थामा रहेको जानकारी दिनुभयो । मेला पुग्नेहरुलाई गाउँमै बस्ने ब्यबस्था समेत मिलाइने आयोजकले जनाएको छ ।

Facebook Comments