पोखरा महानगर र कोरियाको ग्यान्वोन प्रान्तबिच साझेदारी गर्ने


नेपालको पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र दक्षिण कोरियाको हरित टेक्नोलोजी केन्द्र बिच हरियाली सहित पूर्वाधार निर्माण परियाेजना सञ्चालन गर्ने सम्झाैता भएकाे छ ।

काेरियामा भएकाे बिश्व कार्वन फोरम 2019 को अवसरमा साझेदारी सम्झौता भएको हाे ।

सम्झौतामा नेपालको तर्फबाट पोखरा महानगरका प्रमुख मान बहादुर जिसि, ग्याङ्वोन प्रान्तको तर्फ बाट गभर्नर मुन सुन चोइ तथा हरित टेक्नोलोजी केन्द्रको तर्फबाट प्रमुख कार्यकारी निर्देशक क्युङ्ग नाम सिनले हस्ताक्षर गरेका छन ।

सम्झौताका क्षेत्रहरुमा पोखरामा हरियाली सहितको यातायात पुर्वाधार निर्माणको परियोजनालाइ महत्व दिइएको छ ।

साथै स्मार्ट बातावरण मैत्री  पर्यटन , स्मार्ट सहरका प्रविधिहरु ,इ मोबिलिटी ,बैज्ञानिक खोज तथा अध्ययन अनुसन्धान तथा पोखराको सस्थागत बिकासका लागी कार्य गर्ने बताइएको छ ।

हरित टेक्नोलोजी केन्द्रले यस अघि भुटान ,युगान्डा लगायतका देशमा गरेका परियोजना सञ्चालन गरेकाे थियाे ।

सम्झौता पश्चात तिनै पक्षले बिस्वमा बढिरहेको कार्वन उत्पादन र हरित गृह ग्यासको प्रभाव कम गराउन साझेदारी परियोजना अगाडी बढाउने प्रतिवद्दता ब्यक्त गरेका थिए  ।

सम्झौता पछि बोल्दै पोखराका मेयर मान बहादुर जिसिले नेपालमा लगानी मैत्री बातावरण बनिसकेकाले ढुक्क सङ्ग लगानी गर्न आग्रह गर्दै नेपाल हरित गृह ग्यासको उत्पादन कम गर्न प्रतिबद्ध रहेकाे बताउनुभयाे ।

पोखरामा यो परियोजना सफल भएमा पोखराको यातायात गुरु योजना का तयार भै कार्यान्वयनमा समेत अगाडी बढाइने छ ।

Facebook Comments