१३ औ साग: महिला ह्याण्डबलमा नेपाल र भारत फाइनलमा

कठिन जित निकाल्दै दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ह्याण्डबलमा नेपाली महिला टोली पहिलोपटक फाईनलमा प्रबेश गरेको छ ।

शनिवार भएको सेमिफाईनलको खेलमा नेपालले पाकिस्तानलाई २२–२१ गेल अन्तरले पराजित गदै नेपाली महिला टोलीले पहिलो पटक फाईनलको यात्रा तय गरेको हो ।

उपाधिका लागि आईतवार नेपालले भारत संग भिड्ने छ । खेलमा नेपालका लागि उमा राईले सर्वाधिक ११ गोलको योगदान दिइन् ।

यता, शनिबार नै भएको महिला ह्याण्डबलको पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ४१–१३ गोल अन्तरले जित हासिल गर्दै फाइनल पुगेको छ । भारतका लागि सर्वाधिक गोल उमा र सोनिकाले सर्वाधिक समान ६ गोल गरे ।

बंगलादेश र पाकिस्तान आइतबार कास्य पदकका लागि खेल्नेछन् । १२ औं संस्करणको महिला ह्याण्डबलमा भारत स्वर्ण पदक विजेता र बंगलादेश रजत पदक विजेता हो ।

Facebook Comments