हस्तकला तालिम सम्पन्न
स्यानीपाटन आमा समूह पोखरा १५ र संगम बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामा भएको पाँच दिने हस्तकला तालिम सम्पन्न भएको छ ।
समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि संगम सहकारीका अध्यक्ष निरज थापाले तालिममा सिकेको सीपलाई उपयोग गर्न आग्रह गर्नुभयो ।
सामान उत्पादन गर्न लघुवित्त मार्फत आवश्यक परे सामूहिक जमानीमा विना धितो ऋण पनि उपलब्ध गराउन र बजारीकरणमा समेत सहयोग गर्न सहकारी तयार रहेको बताउनुभयो ।
स्यानीपाटन टोल विकास संस्थाका अध्यक्ष दिपक कार्कीले आगामी दिनमा पनि अन्य तालिमहरु ल्याउन सहयोग गर्ने बताउनुभयो । प्रशिक्षक संगम सहकारीका महिला सशक्तिकरण उपसमिति सदस्य कल्पना देवी आचार्यले आफूले दिएको सीपलाई उपयोग गरी आयआर्जन गरेको खबर सुन्न पाउने आशा भएको र प्रशिक्षार्थीहरुको लगाव हेर्दा विश्वास पनि लागेको बताउनुभयो ।
कमला भण्डारीको अध्यक्षता र हिरा जि.सी.को संचालनमा भएको उक्त कार्यक्रममा श्याम भण्डारी, दिलमाया के.सी. थापा र प्रशिक्षार्थीहरु अन्जु भण्डारी, विनिता थापा, सुशिला अधिकारीले पनि बोलेका थिए । गिता सुनारले कविता र गीत मार्फत रमाइलो गरेको उक्त कार्यक्रममा प्रशिक्षक र प्रशिक्षार्थीहरुले नाचगान गरेका थिए ।

