फोहोरमैला व्यवस्थापन र कौसी खेतितालिम सम्पन्न

सेवा नेपालको आयोजना र कोलपाटन महिला समूह, कोलपाटन, पोखरा महानगरपालिका-१५को संयोजनमा एकदिने फोहोरमैला व्यवस्थापन एवं कौसी खेति तालिम सम्पन्न भएको छ |

घरबाट निस्कने फोहोरलाई घरमै व्यवस्थापन गरि उत्पादित प्रांगारिक मलबाट कौसी एवं करेसाबारीमा तरकारी/फलफुल फलाउने विषयमा तालिम प्रदान गरिएको हो ।

तालिम कार्यक्रमको उदघाटन गर्दै पोखरा-लेखनाथ महानगरपालिका., वडानं.१५ का वडाध्यक्ष प्रकाश पौडेलले बढ्दो जनसंख्यासंगै पोखरा महानगरभित्र फोहोरमैला व्यवस्थापन चुनौतीका रुपमा रहेको सन्दर्भमा घर/चोक सफा राख्न यस्ता तालिम कार्यक्रमहरु प्रभावकारी हुने बताउनुभयो ।

इ.एम. बनाउने विधि, इ.एम. कम्पोस्टिंग, बोकासी कम्पोस्टिंग, भर्मीकम्पोस्टिंग, प्रांगारिक च्याउ खेति गर्ने विधि, जैविक विषादी लगायत विषयमा तालिममा ज्ञान प्रदान गरिएको थियो ।

तालिमका प्रशिक्षक श्रीराम घिमिरेले सहभागीलाई प्रयोगात्मक रुपमै कम्पोस्ट मल, गड्यौले मल बनाउने लगायत विधिको अभ्यास गराउनुभएकाे थियाे ।

घिमिरे विगत एक दशक देखि फोहोरमैला व्यवस्थापन र दिगो शहरी विकासको अनुसन्धान क्षेत्रमा संलग्न रहँदै आउनुभएकाे छ । यस्ता तालिम पोखरा क्षेत्रमा हरेक महिना संचालन गरिने प्रशिक्षक घिमिरेले जानकारी दिनुभयाे ।

पानीमा खेति गर्ने घरेलु तरिका, गड्यौलाले मललाई झोल मल बनाउने तरिका तथा घरेलु रुपमै प्रांगारिक च्याउ फलाउने विषय आफ्नो लागि नौलो विषय भएको तालिममासहभागी सीता पौडेलले भनाइ छ ।

तालिममा सिकेको ज्ञान घरमा अभ्यास गरे-नगरेको बारे महिला समूहले नियमित अनुगमन गर्ने तथा महिला दिदिबहिनिहरुको क्षमता अभिवृद्धिमा आगामी दिनमा यस्ता तालिम आयोजना गरिने महिला समूहकी अध्यक्ष सावित्री पौडेलकाे आग्रह थियाे ।

Facebook Comments