युद्ध अन्त्य र शान्ति घोषणाका लागि पत्र अभियान चलाईंदै

इन्टरनेशनल पिस युथ ग्रुप(आइपिवाइजी)ले शान्ति पत्र अभियान सञ्चालन गरिरहेको छ । युद्ध अन्त्य र शान्ति घोषणा सम्बन्धि १० बुँदे घोषणापत्रलाई कार्यान्वयनका लागि भन्दै पत्र अभिायन शुरु गरिएको हो ।

जसका लागि युवाहरुको सहभागितामा शान्तिको पक्षमा सशक्तीकरणको उद्देश्यसहित नेटवर्क तयार पारिएको हो । यस नेटवर्क मार्फत् विभिन्न मुलुकका प्रभावशाली नेतृत्वलाई शान्ति पत्र प्रेशित गर्ने बताइएको छ । अभियानमा दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड, युक्रेन लगायतका मुलुकमा युवाहरुको सहभागिता रहेको छ ।

शान्ति पत्र देखाउँदै युक्रेनकी युवती

युथ ग्रुपका अनुसार शान्ति पत्र अभियान प्रभावकारी बन्दै गइरहेको छ भने सहकार्य र हातेमालो गर्नेको संख्यामा पनि बृद्धि भइरहेको छ । शान्त समाज निर्माणका लागि युथ ग्रुपले १ सय १० वटा मुलुकमा विभिन्न ८ सय ५१ इकाई मार्फत् अभियान चलाइरहेको छ ।

इकाईमा आवद्ध युवाहरुले विश्वमा शान्ति र आरामदायी जीवन यापनका पक्षमा अभियान चलाएका हुन् । शान्ति पत्रमा युद्ध अन्त्य र शान्ति घोषणा सम्बन्धि १० बुँदे घोषणापत्रलाई सम्बन्धित मुलुक र संयुक्त राष्ट्रसंघको साधारणसभाबाट समेत अनुमोदनका लागि आग्रह गर्ने गरिएको छ ।

हेभन्ली कल्चर वल्र्ड पिस रेष्ट्रोरेशन अफ लाइट(एचडब्लुपिएल)को सहयोगी संस्थाका रुपमा आईपिवाईजीले युवाहरु केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ । एचडब्लुपिएलले भने विश्वमा शान्ति प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । शान्ति पत्र अनलाइन मार्फत पनि पेश गर्न सकिने बताइएकाे छ । http://peaceinitiative.net/peace-letter/

Facebook Comments