जापानमा ४ जना नेपाली पक्राउ ।
उत्तम पण्डित
जापानमा कानुन पिपरित काम गरेको अभियोगमा फेरि ४ जना नेपाली पक्राउ परेका छन । फुकुवका क्षेत्रको किता क्युस्यु शहरबाट ४ जना नेपाली पक्राउ परेका हुन ।
एक कम्पनीको कामदार भिसामा जापान पुगेका उनिहरुसङ्घ अरु रोजगार दिने कम्पनीका ४ जना पनि पक्राउ परेका छन् । उनिहरुले जापानको कनुन बिपरित अंन्य कम्पनीमा गइ काम गर्ने गरेको जापान प्रहरीले जनाएको छ ।
नेपालीसंगै पक्राउ परेका रोजगारदाता कम्पनीका ४ जनाले जापानको कनुन बिपरित अन्य कम्पनीमा काम लगाइदिने ४ जनालाई पनि प्रहरीले हिरासतमा राखेको छ ।
जापानको नियम अनुसार एउटा कम्पनीमा भिसा प्राप्त गरेका कामदारले सोही कम्पनी र समय भन्दा बिपरित काम गरेमा त्यसलाइ गैरकनुनी मानिन्छ ।
Facebook Comments

