लोमान्थाङ खोलाले पुर्याएको क्षती प्रति सभासद विष्ट दुःखी, सक्दो सहयोग गर्ने प्रतिबद्धता

उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिका वडा नम्बर ५ र ४ को बीचमा पर्ने लोमान्थाङ खोलामा गएराती आएको बाढीका कारण एक घरमा क्षती पुर्याएको छ ।

लोमान्थाङ खोलामा आएको वाढीका कारण पुरानो मिल रहेको एक घर, मानिस हिड्ने गोरेटो बाटोको पुल, पक्की पुल, मोटरबाटो र सिचाइमा क्षती पुगेको हो ।

आइतबार राती परेको अविरल वर्षाका कारण लोमान्थाङ खोला एक्कासी वढेपछि पुर्याएको क्षती प्रति गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्ट दुख ब्यक्त गर्दै क्षति विवरण संकलन गरी सहयोगका लागि आग्रह गर्नुभएको छ ।

सभासद विष्टले सोमबार एक विज्ञप्ती जारी गरी लोमान्थाङ खोलामा वषाएपछि एक्कासी आएको बाढीका कारण पुगेको क्षतीले आफु निकै दुखित वनेको वताउदै उक्त स्थानमा भएको क्षतीको विवरण संकलन गरी आफुले सक्दो सहयोग गर्ने र प्रदेश सरकार र स्थानिय सरकार संग मिले क्षती भएको ठाउमा राहतका लागी प्रवन्ध मिलाउने समेत उल्लेख गर्नुभयो ।

वर्षा अझै जारी रहेकाले लोमान्थाङ लगायत उपल्लो मुस्ताङका बासिन्दाहरुलाई संयमित बनी सुरक्षित स्थानमा बस्न र भइपरि विपद आइपरे उद्धारका लागी तयार रहन समेत सभासद विष्टले आग्रह गर्नुभएको छ ।

Facebook Comments