नेपाली फुटवल किशोरी भारतसँग प्रतिस्पर्धा गर्दै

भुटानमा आयोजना हुने महिला साफ १५ वर्षमुनीको च्याम्पियनसिपमा बुधबार (आज) नेपाल र भारतबीच प्रतिष्पर्धा हुँदैछ। असोज २४ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले त्यसको दुई दिनपछि असोज २६ गते आयोजक टोलीको सामना गर्नेछ।

फाइनल असोज २८ गते हुनेछ। बुधबारदेखि असोज २८ गतेसम्म सन्चालन हुने प्रतियोगिताको लागि नेपाली टोली हिजो भुटान प्रस्थान गरेको थियो। सात दिनसम्म चल्ने प्रतियोगितामा ४ देशको सहभागिता रहेको छ। नेपाल, आयोजक भुटान, बंगलादेश र भारतले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

Facebook Comments