सरर होमस्टेको चर्चा छ घरगाउँमा (भिडियाे)…….
यतिबेला गाउँठाउँको विकासका लागि आ आफ्ना ढंगले प्रयास भइरहेका छन् । पोखरा नजिकै रहेको वडा २३ चापाकोटमा पनि होमस्टे मार्फत् पर्यटन प्रवद्र्धन र अर्थोपार्जनका लागि समुदायले प्रयास थालेका छन् । चापाकोटको ओखलढुंगा घडेरीमामा ब्राम्हण समुदायका १२ घरमा होमस्टे अर्थात् घरबास कार्यक्रम शुरु भएको छ ।

समुदायले आफ्नो ढंगले प्रबद्र्धनको प्रयास थालेका हुन् । आमा समुहले गाउँमा पुगेका पाहुनालाई स्वागत गर्नका लागि सरर पिपलुको पात झैं फरर …….. भन्ने भाकामा गीत नै बनाएका छन् । जुन गीतमा स्थानीय परिवेश, विकास निर्माणका कुरा समेटिएको छ । मिठो भाकामा उक्त गीत प्रस्तुत हुँदा पर्यटक समेत नाच्ने गरेका छन् । शनिबार उक्त स्थानमा पुगेका अष्टे«लिया र न्यजील्याण्डका पर्यटकहरु स्थानीयका साथ नाचगानमा रमाएका थिए ।

अध्ययन अनुसन्धानका लागि अष्टे«लिया र न्यजील्याण्डका विभिन्न विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनरत २४ जना विद्यार्थी उक्त स्थानमा पुगेका हुन् । अर्गानिक खेती, स्वच्छ हावापानी, सुन्दर प्राकृतिक दृश्यावलोकनका लागि चापाकोट सामुदायिक होमस्टे उपयुक्त रहेको चापाकोट पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष भिम पराजुलीको भनाई छ ।

बाटो सहज भएमा पोखराबाट ४५ मिनेट समयमा पुग्न सकिने उक्त स्थानबाट पञ्चासे, माछापुच्छे«, धवलागिरी हिमश्रृंखला, फेवाताल, पोखरा बजार देख्न सकिन्छ । स्थानीयले पाहुनालाई भुटेको मकै र मोही दिएर स्वागत गर्ने गरेका छन् । भने खानाका लागि स्थानीय उत्पादनकै प्रयोग गरिने चापाकोट सामुदायिक होमस्टेका अध्यक्ष विश्वराज पराजुलीले जानकारी दिनुभयो ।
पाहुनालाई पञ्चेबाजा, भजन र रत्यौली गीतको भाकामा मनोरञ्जनका साथै स्वागत गर्ने शैलीको पनि समुदायले विकास गरेका छन् । यसले स्थानीय संस्कृतिको विकासमा टेवा पुग्ने विश्वास गर्न सकिन्छ ।
ओखलढुङ्गा आमा समुहले प्रस्तुत गरेको रत्यौली गीत
सरर पिपलुको पात झै फरर …….
सरर स्वागत गछौं अतिथि पाहुनालाई
सरर आयोजक उपस्थित सबैलाई
सरर बन रमाइलो बनैको मजुरलाई
सरर चापकोटमा स्वागत छ हजुरलाई
सरर झल्को लाग्छ खहरे खोलाको
सरर चापकोटले आउ भनी बोलाको
सरर होमस्टको चर्चा छ घरगाउँमा
सरर विकासको खाँचो छ यो ठाउँमा
सरर छङछङ गरी झरना झरेको
सरर पर्यटकलाई साह्रै मन परेको
सरर लालीगुराँस बनैमा फुलेको
सरर डाँफे मुनाल बनैमा झुलेको
सरर अनेकतामा एकताले गाँसेको
सरर माछापुच्छे फेवातालमा हाँसेको
सरर आउनुभयो खुशी छौं हामी त
सरर बिकासको नहोस् त कमी त
सरर होमस्टे छ हजरुको नाउँमा
सरर अब विकास हुनी भो यो ठाउँमा
सरर फुलको माला सम्झना लानु है
सरर विदा हुन्छौ खुशी भै जानु है
ओखलढुङ्गा जागृति भजन मण्डली समुहको भजन
स्वागत गर्छौ पाहुनालाई
होमस्टे आउनेलाई, स्वागत गछौं पाहुनालाई
हर्पनखोला चिासाखोला बगेको सलल
चापाकोट देउराली होमस्टे झलल
स्वागत गछौं पाहुनालाई …..
खरीखोला चिसाखोला पियासै मेटिने
माछापुच्छे धौलागिरी फेवाताल देखिने
स्वागत गछौं पाहुनालाई ………
पर्यटक र समुदायवीचको मेलमिलापको नीति
अर्थोपाजृन पनि हुन्छ सुध्रिन्छ स्थिति
स्वागत गछौं पाहुनालाई ………
कफि खेती मौरीपालन अर्गानिक उत्पादन
होमस्टेको विकास गरी, पर्यटन प्रबद्र्धन
स्वागत गछौं पाहुनालाई ………
खरिखोला पातलपानी अनि तारेभिर
दैलैमुनी फेवाताल र पञ्चासेको शिर
स्वागत गछौं पाहुनालाई ………
अर्गानिक खेतीपाती स्वच्छ हावापानी
बाटोघाटो राम्रो भए हुन्छ सजिलो आउनी जानी
स्वागत गछौं पाहुनालाई ………
अग्रसर छौ निक विकास निर्माण थाली
एकपटक आउनुहोला ओखलढुंगा देउराली
स्वागत गछौं पाहुनालाई ………
अर्थोपार्जनसँग जोडौ हाम्रो कामकाजलाई
यति भन्दै विादौ हुन्छ नमस्कार आजलाई
स्वागत गछौं पाहुनालाई ………

