सहकारी लगायतका वित्तीय संस्थाबारे अख्तियारले छानविन गर्न पाउने

सहकारी लगायतका बित्तीय संस्थाहरुलाई पनि अख्तियारको छानबिन अधिकार क्षेत्रभित्र राख्ने तयारी भएकाे छ । सरकारले सहकारी लगायतका बित्तीय संस्थाहरुलाई पनि अख्तियारको छानबिन अधिकार क्षेत्रभित्र राख्ने गरी सरकारले विधेयक स्वीकृत गरेको हाे ।

मन्त्रिपरिषदको मंगलबार बिहान बसेको बैठकले अख्तियार सम्बन्धी बिधेयकलाई सैद्धान्तिक स्वीकृती दिएको हो ।

हाल वाणिज्य बैंकहरु बाहेक अन्य बित्तीय कारोबार गर्ने संस्थाहरु अख्तियारको दायरमा छैनन् । मन्त्री परिषद्काे श्राेतका अनुसार सहकारीमार्फत अर्बौका कारोबार हुने र बित्तीय अपराधहरु पनि बढिरहेको अवस्थामा ठूलो आर्थिक कारोबार हुने ती क्षेत्रलाई अख्तियारको दायरमा ल्याउन लागिएको हो ।

यो विधेयक संसदमा पुगेर पारित भएमा सहकारी संस्थाहरुका कारोबार शंकास्पद भएमा वा उजुरी परेमा अख्तियारले छानविन गर्न पाउनेछ ।

सहकारी सन्चालकहरुले भने सहकारीको बित्तीय नियमावली आफ्नै रहेकाले अख्तियारले छानविन गर्न नपर्ने बताएका छन्र ।

तर, सहकारीमा जनताको पैसा तथा सम्पत्ति कारोबार हुने भएकाले यसलाई अख्तियारको कार्यक्षेत्रमा ल्याउन आवश्यक रहेको सुझावपछि सरकारले बिधेयक अघि बढाएको हो ।

Facebook Comments