चितवनमा झाडाबान्ताका बिरामी बढे
बर्खा लागेसँगै चितवनका अस्पतालहरूमा झाडाबान्ताका बिरामीकाे चाप बढेकाे छ । सरकारी अस्पताल भरतपुर अस्पतालमा दैनिक ८ जनासम्म झाडाबान्ताका बिरामी उपचारका लागि पुग्ने गरेकाे अस्पतालले जनाएकाे छ ।
भरतपुरमा रहेका अन्य निजी अस्पतालहरूमा समेत विरामी बढेका छन । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीका अनुसार बर्षातकाे समय भएकाले प्रदूषित पानीसँगै भारतबाट आयातित आँपका कारण रोग देखापरेको बताउनुभयाे ।
दूषित पानीका कारण झाडाबान्ता हुने, पेट दुख्ने, ज्वरो आउने र दिसामा रगत देखिने बिरामी बढेका छन् । झाडावान्ताले शरीरमा हुने पौष्टिकतत्त्व र पानीको मात्रा घटी मिर्गौलामा असर पर्ने तथा रक्तचाप समेत कम हुने चिकित्सककाे भनाइ छ ।
बाहिरको पानी प्रदूषित हुनसक्ने भएकाले उमालेर चिसो बनाएर पानी पिउन चिकित्सककाे सल्लाह रहेकाे छ ।
Facebook Comments

