जम्मु कश्मिरमा शिक्षण संस्था खुले

जम्मू–कश्मीरमा लगाइएको कफ्र्यु केही खुकुलो पारिएको छ भने शिक्षण संस्थाहरु सञ्चालनमा आउने भएका छन् । जम्मू–कश्मिरले पाएको विशेषाधिकार खारेजसँगै बढाइएको सुरक्षा व्यवस्थालाई केही खुकुलो बनाइएको छ ।

जम्मू कश्मीरलाई दिइएको संविघानको धारा ३७० हटाउने र कश्मिर र लद्दाखलाई केन्द्र प्रशाशित राज्यका रुपमा सञ्चालन गर्ने भारत सरकारको निर्णयपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

धारा १४४ हटाइएपछि जम्मू जिल्लामा विद्यालय तथा कलेजहरु खुल्ने भएका छन् । धारा १४४ अन्तर्गत प्रशासनले कश्मीरका संवेदनशील मानिएका क्षेत्रमा कफ्र्यू जारी गर्दै सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

जम्मु जिल्लाका डीएम सुष्मा चौहानले शुक्रबारदेखि जम्मु नगरपालिका सीमासम्म सबै क्षेत्रबाट धारा १४४ हटाइएको घोषणा गर्नुभएको थियो ।

यसअघि प्रशासनले राज्यमा बिहान ११ देखि साँझ ५ बजेसम्म बजार खोल्न निर्देशन पनि दिएको थियो ।

Facebook Comments