विपी जयन्तीकाे अवसर पारी कांग्रेसकाे दाेस्राे चरणकाे जागरण अभियान शुरू

विपी जयन्तीकाे अवसर पारेर नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान शुरू गरेकाे छ ।

अभियानको दोस्रो चरणमा सञ्चालन गर्न लागिएकाे हाे ।

मंगलबारदेखि सुरु हुने विपी कोइरालाको १०६ औँ जन्मजयन्तीको प्रतिक स्वरुप हरेक प्रदेशसभा क्षेत्रमा सोही संख्यामा बिरुवा रोपेर अभियानको उद्घाटन गरिएकाे कांग्रेसले जनाएको छ ।

कांग्रेसले मंगलबार देशभरका सबै प्रदेशसभा क्षेत्रमा कुल ३४ हजार ९८० बिरुवा राेप्ने कार्यक्रम बनाएकाे हाे ।

जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडा स्तरीय अन्तरक्रिया, स्थानीय तहको दुई वर्षे समीक्षा, पार्टी प्रवेश कार्यक्रम समावेश छन् ।

१५ दिने अभियानको अन्तिम दिन असोज ७ गते ७७ जिल्लामा एकसाथ प्रदर्शन गर्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयाे ।

Facebook Comments