पोखरा चेम्वर अफ कमर्शद्वारा वित्तिय संस्थावाट वृद्धि भएकाे व्याज दर सम्वन्धमा ध्यानाकर्षण

पोखरा चेम्वर अफ कमर्स कास्कीले उद्योग, वाणिज्य तथा अर्थतन्त्र क्षेत्रका समसामयिक विषय र देशको समृद्धिमा निजि क्षेत्रको योगदान र भुमिका तथा यस क्षेत्रको प्रवर्द्धन र सम्भावनाको खोजि गर्ने कार्यक्रम गरिएकाे छ ।

हाल वजारमा वित्तिय क्षेत्रमा देखिएको तरलताको अभाव तथा  वैंक वित्तीय  संस्थाले लगानीमा वढाएको व्याज दर र वित्तीय साक्षरता गर्ने उद्धेश्यले पोखरा चेम्वर अफ कमर्श कास्कीको आयोजनामा पोखरामा एक औपचारिक कार्यकमका विच नेपाल राष्ट वैंकका का.मु. निर्देशक राम कुमार कार्की र ओम डेभलपमेण्ट वैंकका कार्यकारी प्रमुख विश्वमोहन अधिकारी सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तरकृया कार्यक्रममा सहजकर्ता ओम डेभलपमेण्ट वैंकका कार्यकारी प्रमुख विश्वमोहन अधिकारीले हाल वजारमा लगानी व्याजदर वृद्धि हुनमा प्रमुख कारण सरकार, नेपाल राष्ट वैंक, वैंक तथा वित्तिय संस्था तथा स्वयम व्यवसायी पनि कारण रहेको स्पस्ट पार्नुभयाे । उहांले सरकारले समयमा नै विकास खर्च नगर्ने अस्पष्ट आर्थिक निती, नेपाल राष्ट वैंकले, वैंकहरुलाई पुँजी वृद्धि गर्न वाध्य वनाउनु, वैक तथा वित्तिय संस्था वढि नाफा मुखि हुनु र स्वयम व्यवसायीले उत्पादज मुलक क्षेत्रमा लगानी नर्गदा यस्तो समस्या आएको वताउनुभयाे ।

सो अवसरमा सहजकर्ता नेपाल राष्ट वैंकका का.मु. निर्देशक राम कुमार कार्कीले राष्ट वैंकले यस विषयमा ध्यानाकर्षण भएको र वैंक तथा वित्तिय क्षेत्रलाई खवरदारी गरिरहेको र सरकार लाई  विलासीताका वस्तु लाई आयत नियन्त्रणमा सुझाव दिएको,  वैंक तथा वित्तिय संस्थालाई कस्ट अफ फण्ड घटाउन सुझाएको र अव मौद्धिक नितीको रिभ्यु गर्ने वेलामा यि समस्यको समाधानको लागी पहल गर्ने वताउनुभयाे ।

यसैगरी पोखरा चेम्बर अफ कमर्श कास्कीका अध्यक्ष किसान सुनारले  सरकारले ६ महिनाको अवधिमा १८ प्रतिशत पनि विकास खर्च नगरी सरकारको नगद ढुकुटिमा रहने,  वैंकहरु नाफामुखि भई मनोमानी व्याजदर असुली गर्ने नियमनकारी निकाय नेपाल राष्ट वैंक यस विषयमा मौन वस्दा यी समस्या आएको जस्ले गर्दा, व्यवसायीहरुको व्यवसायमा प्रतिस्पर्धात्मक क्षमता ह्रास आउने, नया लगानी कर्ता निरुत्साहीत हुन जाने, व्यवसाय गर्न भन्दा मानिसहरु वैकमा व्याजको आशमामा डिपोजिट गर्दा यि समस्या आएको वताउनुभयाे ।

यस विषयमा चेम्वरको ध्यानाकर्षण भएको वताय,  यस विषयमा वास्तविक समस्या पहिचानको लागी यो अन्तरक्रिया कायक्रम गरेको र यस वाट उठेको विषय र सुझाव लाई सरकारको ध्यानाकर्षण गरि समस्या समाधानको लागी पहल गने वताउनुभयाे ।उक्त कार्यक्रममा  विभिन्न क्षेत्रका व्यवसायीहरुको उपस्थिती रहेको थियो र  पोखरा चेम्वर अफ कमर्स कास्कीका कार्यसमिती पदाधिकारी विच अन्तरक्रिया भएको थियो ।

Facebook Comments