उत्तर कोरियामा निर्वाचन सम्पन्न, किम पुनः सर्वाेच्च नेता

उत्तर कोरियामा आइतवार निर्वाचन भएको छ । सञ्चारमाध्यमका अनुसार चुनावको विजेताका नाम पहिल्यै तय भइसकेको छ ।

सत्तारूढ वर्कर्स पार्टीका नेता किम जोङ उनले यस चुनाव पक्का जित्ने बताइएको छ । जानकारीका अनुसार किम जोङ एकपटक पुनः उत्तर कोरियाका शासक बन्नुहुनेछ । स्मरण रहोस्, किम आणविक हतियार निर्माणलाई लिएर चर्चामा रहने गर्नुभएको छ । उत्तर कोरियामा हरेक पाँच वर्षमा रबर स्ट्याम्प विधायिकाका लागि चुनाव हुने गर्छ ।

Facebook Comments