रुवाण्डामा शान्ति पदयात्रा सम्पन्न
रुवाण्डामा शान्ति पदयात्रा सम्पन्न भएको छ । विश्वका विभिन्न ७७ मुलुकहरुमा विश्व शान्तिको कामना गर्दै विभिन्न कार्यक्रम गरिएको हो । रुवाण्डाको किगालीमा शान्ति पदयात्रा गरिएको हो ।

हेभन्ली कल्चर वल्र्ड पिस रेष्टोरेशन अफ लाइट एच डब्लु पि एलको आयोजनमा कार्यक्रम गरिएको हो । कार्यक्रममा युवा, विद्यार्थी, पत्रकार लगायतले सहभागिता जनाएका थिए । उनीहरुले शान्तिको संस्कृति विकास गर्नका लागि पदयात्रा कार्यक्रम गरेको बताएका छन् ।
त्यस्तै मुलुकका उच्च अधिकारीहरुलाई शान्तिको पक्षमा पत्र लेख्ने अभियान पनि शुरु भएको छ । एचडब्लुपिएलले पत्रमार्फत् शान्ति प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यसहित पिस लेटर क्यापियन गरिरहेको छ । यो कार्यक्रमको अगुवाई युवाहरुले गरिरहेका छन् ।
विश्वमा दीगो शान्ति स्थापनाका लागि कानुनी आधार तयार पार्नका लागि यस्तो अभियान चलाइएको हो । युद्ध अन्त्य र शान्तिको घोषणा सम्बन्धि एचडब्लुपिएलको प्रस्तावका आधारमा यी कार्यक्रम अगाडि बढिरहेका छन् ।

