स्वरेकको एम्बुलेन्स अक्षयकोष निर्माणमा अर्यालको सहयोग

स्याङजाको पर्यटकीय ठाउँ स्वरेकको एम्बुलेन्स अक्षयकोष निर्माण अभियानमा सहयोग आउनेक्रम जारी छ । नमुना स्वरेक सहयोगी समाज स्याङजा र नमुना स्वरेक सामाजिक कोष कतारले सञ्चालन गरेको एम्वुलेन्सलाई दिगो बनाउन अक्षयकोष निर्माण अभियानलाई जारीराखीएको बताइएको छ ।

यसैविच भीरकोट नगरपालिका वडानं ५ घर भई हाल पोखरामा ग्लोबल शैक्षिक सामाग्री केन्द्रका सञ्चालक समेत रहनुभएका देविप्रसाद अर्यालले अक्षयकोष निर्माण महत्वपुर्ण भएको भन्दै नमुना स्वरेक सहयोगी समाज स्याङजा अध्यक्ष तथा पत्रकार घनश्याम पाण्डेयलाई १० हजार पाँच सय चेक हस्तान्तरण गर्नुभएको छ ।

आफ्नो जन्मठाउँमा एम्बुलेन्स सञ्चालन हुदा खुशीलागेको बताउनुभयो । गत असार २२ गतेदेखि स्वरेकमा एम्बुलेन्स सेवा सञ्चालनमा रहेको छ । हालसम्म दर्जनौ विरामीहरुले एम्बुलेन्स सेवा लिइसकेका छन् । एम्बुलेन्सबाट काठमाण्डौं, बुटवल, तानसेन, पोखरा, नारायणगढ लगायतका स्थानका विभिन्न अस्पतालमा विरामी लैजाने र ल्याउने गरिएको छ ।

एम्बुलेन्स सञ्चालनपछि स्थानीयहरुलाई सहज भएको छ । स्वरेकमा एम्बुलेन्सको आबश्यकता देखेर शुरुगरेको अभियान सफल भएको भन्दै अक्षयकोष अभियानपनि छिट्टै सफल हुनेमा आसाबादी रहेका छन् ।

अभियानका संयोजक भेषराज पराजुलीले अक्षयकोष अभियानमा सवैको साथ र सहयोग मिल्ने बताउनु भयो । स्वरेकको एम्बुलेन्स हाल सम्म वालिङ, पोखरा, पाल्पा बुटबल, भरतपुर लगायतको क्षेत्रमा विरामी लिएर झण्डै ४० पटक सेवा प्रदान गरिसकेको एम्बुलेन्सका चालक ठाकुर प्रसाद पंगेनीले बताउनु भयो ।

Facebook Comments