पोखरामा ३ हजार भन्दा बढिमा डेंगु :डा. पराजुली

बरिष्ठ चिकित्सक सन्देशरमण पराजुलीले पोखरामा ३ हजार भन्दा बढिमा डेंगुको विरामी रहेको बताउनु भएको छ ।

सरकारी तथ्याङ्क अनुसार ११ सय २०जना भनिए पनि मेडिकलमा आउने घरमै आरम गरेर बस्नेहरु गर्दा तिन हजार भन्दा बढि विरामी रहेको बताउनुभयो ।

अनेरास्ववियु कास्कीले आयोजना गरेको तीन दिने डेंगु र सेतो पुतली सम्बन्धी सचेतता कार्यक्रम अन्तरगत आज दोस्रो दिन पोखराको अमंरसिह माविमा गरेको सचेतना कार्यक्रममा आफ्नो प्रस्तुतीमा डाक्टर पराजुलीले सो कुरा बताउनुभएको हो ।

उहाँले विश्वमा एक बर्षमा २ करोड सय मान्छेलाई डेंगु रोग लाग्ने र २५ हजार मान्छे डेंगुको कारण मृत्यु हुने गरेको बताउनुभयो ।

डेंगु सार्ने लामखुट्टेले घाम उदायको २ घण्टा पछि र काम अस्ताउन २ घण्टा अगाडि मात्र टोक्ने गरेको बताउनु भयो । यस लामखुट्टे एकैपटक १० – १५ जनालाई टोक्ने हुदा विरामी धेरै हुने गरेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला(रुपक)ले जमेको सफा पानीमा डेंगु बासस्थान हुने हुदा पानी जम्ने गमला, घर छेउछाउमा त्यस्ता बस्तुमा पानी जम्न दिन नहुने बताउनुभयो ।

डेंगु लागि हालेपनि चिकित्सकको सल्लाह अनुसार मात्रै उपचार गर्न सुझाव दिनुभयो । कोइरालाले विद्यालय विद्यालयमा कार्यक्रम गर्दा प्रत्येक घर घरमा सन्देश जानेभएकोले अनेरास्वियुले उत्कृष्ट कार्य गरेको बताउनुभयो ।

पोखरामा सेतो पुतलीको पनि प्रकोप रहेको भन्दे सोही अबसरमा सेतो पुतलीको बारेमा पनि अबगत गराइएको छ ।

नेत्र अधिकृत धमेन्द्र घोडासैनीले पोखरामा शापु एक दृष्टिनाशक आँखाको रोग देखा परेको भन्दै उहाँले सेतो पुतली (मोथ)को संसर्गबाट टाढै रहन आग्रह गर्नुभएको छ ।

उहाँले घरको झयाल ढोका लगाएर सुत्ने झयाल ढोकामा जाली लगाउने र झुलको प्रयोग गरेर सुत्न आग्रह गर्नुभयो ।

अनेरास्ववियु कास्कीका साविक अध्यक्ष शेखर गौतमले विहिबार अंमरसिहं माबी , पार्दी माबी राष्ट्रिय माबी लगाएतमा आयोजना गरिएको जानकारी दिनुभयाे ।

कार्यक्रममा विद्यालयका ब्यबस्थापन समितिका बलराम ढुङगाना विद्यार्थी नेता विशाल तामाङले लगायतले बोल्नुभएको थियो ।

Facebook Comments