बाङखे गाँउमा माघेसंक्रान्ति मेला हुने

स्याङजाको वालिङ ३ बाङखेमा माघे संक्रान्ति मेला हुने भएको छ । वालिङ नगरपालीका अन्र्तगत पर्ने पर्यटकिय सम्झवना बोकेको गाँउ बाङखेमा माघेसंक्रान्ति पर्वको अवसरमा स्थानीय जनहित क्लवले मेलाको आयोजना गर्न लागेको हो ।

माघ १ देखि ७ गते सम्म आयोजना हुने मेलामा सांस्कृतिक कार्यक्रमका साथै खेलकुद प्रतियोगीताहरु आयोजना हुने आयोजकले जनाएको छ । “समानता र सहअस्तित्व बिच युवा एकता, जसले समाजको विकास गर्दछ” भन्ने मुल नाराका साथ आयोजना हुने मेलामा सावीक वडास्तरिय पुरुष भलिबल प्रतियोगीता एवम ख्याति प्राप्त कलाकारहरुको विविध मनोरञ्जनात्मक कार्यक्रम हुने जनाएको छ ।

भलिबल प्रतियोगीता तर्फ विजेताले नगद ४२ हजार, उपविजेताले ३२ हजार र तृतिय हुनेले २२ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । मेलामा ख्याति प्राप्त कलाकारहरुको विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै गुरुङ समुदायको संस्कृति प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

Facebook Comments