स्याङजाली सम्पर्क सदन पोखराको अध्यक्षमा पंगेनी

स्याङजाली सम्पर्क सदन पोखराको अध्यक्षमा समाजसेवी लिलाप्रसाद पंगेनी चयन हुनुभएको छ । सदनको पोखरामा भएको २५औ साधारण सभा तथा १२ औं अधिवेशनबाट पंगेनीको अध्यक्षतामा ३ बर्षको लागि नयाँ कार्यसमिति चयन गरिएको हो ।

सदनको निवर्तमान अध्यक्षमा चिरञ्जिवी पोखरेल रहनुभएको छ भने प्रथम उपाध्यक्षमा लालीमाया रेग्मी, द्वितिय उपाध्यक्षमा तारा गौतम सुनार, तृतिय उपाध्यक्षमा डोलराज पोखरेल, महासचिवमा धर्मराज अर्याल, सचिवमा गोविन्द काफले र कोषाध्यक्षमा विष्णुमाया गुरुङ रहनुभएको छ ।

सदनको सदस्यहरुमा किशोर कुमार पौडेल, शिवबहादुर थापा, धर्मदत्त तिमिल्सिना, विष्णुप्रसाद पोखरेल, दिनदयाल पाण्डे, रुक्मागत भण्डारी, कृष्णप्रसाद पोखरेल र टंकप्रसाद चापागाई रहनुभएको छ ।

Facebook Comments