फिलिपिन्समा बृहद शान्ति महोत्सव हुने
आगामि फ्रेवुअरी १५ मा फिलिपिन्समा बृहद शान्ति महोत्सव हुने भएको छ । शान्ति प्राप्ति, दिगो विकासका लागि हामी एक छौं भन्ने नाराका साथ बुलाकन रंगशालामा महोत्सव हुन लागेको हो । विश्वविद्यालयका तर्फबाट उक्त महोत्सवमा सहभागिता रहने बताइएको छ ।

साँस्कृतिक आदन प्रदानका रुपमा समेत लिइएको उक्त महोत्सवमा ३० हजारको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । कार्यक्रममा सिएचइडीका आयुक्त डा.रोनाल्ड अदामत र हेभन्ली कल्चर वल्र्ड पिस रेष्टोरेशन अफ लाइट एच डब्लु पि एलका मान हि लि लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमको मुख्य लक्ष शान्ति, सौहाद्रता अभिबृद्धि गर्ने रहेको छ । राष्ट्र, धर्म र जातीयताभन्दा माथि उठेर मानवीयता, शान्ति, साँस्कृतिक आदनप्रदान गरिने आयोजकले जनाएको छ । शान्ति अभिबृद्धिमा नागरिक सहभागितालाई पनि कार्यक्रममा जोड दिइने छ । सोही अवसरमा द्वन्द्वको अन्त्य र शान्ति स्थापना सम्बन्धि घोषणापत्र डिपिसिडब्लुका बारेमा पनि छलफल हुनेछ । कार्यक्रम सञ्चालनका लागि सिएचइडी र एचडब्लुपिएलवीच सम्झौता भएको छ ।


