जेट एयरवेजले काठमाडौं उडान बन्द गर्ने
भारतीय विमान सेवा कम्पनी जेट एयरवेजले काठमाडौं उडान बन्द गर्ने भएको छ । एअरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाइ उडान बन्द गर्नेबारे जानकारी दिइसकेकाे छ । विमानस्थल श्राेतका अनुसार शुक्रबारदेखि सोमबारसम्म काठमाडौं उडान नगर्ने अनौपचारिक जानकारी जेट एयरवेजले दिएको हाे ।
त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलाई जेट एयरवेजले विमानस्थलको सेवा प्रयोग गरेबापत १८ करोड रुपैयाँ तिर्नुपर्ने बक्यौता छ । आर्थिक रुपमा समस्याग्रस्त भएको यस एयरवेजको सेवा बन्द हुँदा बक्यौता उठाउन कठिन हुन सक्नेछ ।
आर्थिक रुपमा टाट पल्टन लागेकाे जेट एअरवेज बन्द हुने अवस्थामा पुगेकाे छ ।
Facebook Comments

