पाेखराकाे न्यूराेडमा आगलागी, फर्निचर, फाेम हाउस लगायतमा क्षति
पाेखराकाे न्यूराेडमा रहेकाे एक फाेम हाउसमा आगलागी भएकाे छ । दिउसाे साढे ४ बजे लागेकाे आगाे नियन्त्रणका लागि ३ दमकलका साथै पानीका ट्याङ्कर प्रयाेग गरिएकाे थियाे । बेलुका ६ बजेटतिर आगाे नियन्त्रणमा अाएकाे थियाे ।
एक खाजाघरबाट लागेकाे आगाे नवदुर्गा फोम हाउस र फर्निचर, कार्पेट, फोम हाउस, पर्दा पसल लगायतमा क्षति पुगेको छ ।
आगो नियन्त्रणका लागि ३ दमकल र २० पानी ट्यांकर परिचालन गरिएको थियो भने नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी सगै स्थानिय र व्यवसायिहरु लागेका छन् । दिउँसो करिव ४ बजेदेखी सुरु भएको आगलागी करिब ६ बजे मात्र नियन्त्रणमा आएको थियो ।
Facebook Comments

