डेंगु सार्ने लामखुट्टे लार्भा जस्को घरमा भेटिन्छ उसैलाई कारवाही गर्न माग
पाँच हप्ता अगाडि पोखरामा देखा परेको डेंगु अहिले स्थानीय तहको सरकार हुदै प्रदेश सरकारको टाउको दुखाईको विषय बन्दै गएको छ ।
यसैविच आज पोखरा जिल्ला स्वास्थ्य कार्यालय कास्कीले पत्रकारहरु संग गरेको अन्तरक्रियामा कुनै घरमा दोस्रो पटक तेस्रो पटक पनि डेंगु सार्ने लामखुट्टे लार्भा भेटिए कारवाही गर्नुपर्ने माग उठेको छ ।
छिमेकी देश भारतको नयाँ दिल्लिमा कसैको घरमा डेंगु सार्ने लामखुट्टे लार्भा भेटिए पाँच हजार भारतीय रुपैया जरिवाना हुने गरेको बरिष्ठ चिकत्सक डाक्टर बिएन नागपालले जानकारी दिनुभयाे ।
शुरुमा घर घरमा जनचेतना जगाउनु पर्ने गमला, फुलदानी, खाली बट्टा, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्दा डेंगु सार्ने एडिस एप्जिटाई जातको लामखुट्टे फैलने भन्दै सवैले आ आफ्नो घर वरीपरी भएका रहेको सामाग्रि सफा गर्नुपर्नेमा साे छलफलमा जाेड दिइयाे ।
पानी भन्दा केही माथी घेरोमा फुल पार्ने हुदा पानी मात्रै पोखेर नुहने पानी भन्दा माथीको भाग राम्रोसंग नागपालकाे भनाइ छ। सरकारले जनचेतना जगाउदा पनि अटेर गर्नेलाई जरिवाना गर्नुपर्ने पनि बताइएको छ ।
नेपालमा सन २००४ बाट डेंगु देखापरेको र संक्रमण हुने मानिसको संख्या बड्दो रहेको भेक्टर कन्ट्रोल निरिक्षक उत्तम प्याकुरेलले जानकारी दिनुभयो ।
सरकारी तथ्याङ्क अनुसार पोखरामा विहीबारसम्म १२ सय ७३ जनामा डेंगु रोग देखा परेको पुष्टी भएको छ ।
सरकारी तथ्याङ्क भन्दा धेरै डेंगुका विरामी पोखरामा रहेको चिकित्सकहरुले नै बताउदै आएका छन् । यसैवीच डेंगु परीक्षण गर्दा ल्याव शुल्क १ हजार भन्दा बढी लिन नपाइने भएपनि २ हजारसम्म लिने गरेकाे पाइएकाे छ । १ हजार ५ सय, २ हजार कतिपय स्थानमा साे भन्दा पनि बढी लिने गरेकाे सर्वसाधारणले गुनासाे गरेका छन् ।


