३९ औं राष्ट्रिय जुनियर युवा गोष्ठी पोखरामा हुने
पोखरामा आगामि फागुन १० र ११ गते ३९ औं राष्ट्रिय जुनियर युवा गोष्ठी हुने भएको छ । नेपाल रेडक्रस सोसाइटीको आयोजना र तथा नेपाल जुनियर युवा रेडक्रस सर्कल भद्रकाली माध्यमिक विद्यालय पोखरा १३ कुँडहरको व्यवस्थापनमा सो गोष्ठी हुन लागेको हो ।
पोखरामा आइतबार पत्रकार सम्मेलन गरी गोष्ठीबारे जानकारी गराईएको छ । म सेवा गर्छु भन्ने नाराका साथ स्थापित रेडक्रसले आयोजना गर्ने गोष्ठीमा समसामयिक राष्ट्रिय र अन्तराष्ट्रिय सवाल अद्यावधिक गर्ने, रेडक्रसका सेवा प्रवाहलाई सेवाग्राही समूहसम्म पुर्याउने, युवा सदस्यहरुको क्षमता अभिबृद्धि लगायतका उद्देश्य सहित गोष्ठी गर्न लागेको हो ।
जुनियर र युवा रेडक्रसका नीति तथा निर्देशिका एवं संगठनात्मक स्वरुपका विषयमा छलफल गर्ने, विगतका कामको समीक्ष र आगामि कार्ययोजना तय गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

