पोखरामा नेपाल लोक स्टारको अडिसन हुने

नेपाल लोक स्टारको पोखरा अडिसन चैत २ गते शनिबार पोखरामा हुदैछ । अडिसनका लागि सबै तयारी पुरा भएको बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर कार्यक्रम संयोजक माधव थापाले जानकारी दिनुभयो । पोखराको जनप्रिय मावि हुने अडिसनका लागि सम्पुर्ण टिम पोखरा आइसकेको आयोजकले जनाएको छ ।

सर्वाधिक पुरस्कार राशीको नेपाल लोक स्टारको यस अगाडी तीन ठाउँमा अडिसन भईसकेको छ । कर्णालीको सुर्खेत, सुदुरपश्चिमको धनगढी र प्रदेश ५ को बुटवलमा अडिसन भईसकेको छ । चाहना मिडियाले निर्माण गर्ने कार्यक्रमको एपिवान एचडीले प्रशारण गर्नेछ । पत्रकार सम्मेलनमा लोक स्टार निर्देशक सुरेश पौडेलले लुकेर रहेको प्रतिभालाई ठाउँ ठाउँबाट खोजेर स्टार बनाउने बताउनुभयो ।

उपाधी जित्नेले ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २५ लाख रुपैयाँ र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद प्राप्त गर्ने कार्यक्रम संयोजक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली लोक स्टारको ३१ भागसम्म सञ्चालन हुने जानकारी दिनुभयो । अडिसनमा जुनसुकै भाषा, समुदाय भूगोलको लोक गीत गाउन सकिने आयोजले जनाएको छ । निर्णायकमा जयनन्द लामा, बिबि अनुरागी, सुनिता दुलाल र रामजी खाँड रहेका छन् ।

Facebook Comments