अनसनरत डा.केसी अस्पतालमा, आइसियुमा राखेर उपचार गर्नुपर्ने

आफूसँग भएको सहमति कार्यान्वयनको माग राख्दै ६ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई जिल्ला अस्पताल इलाम लगिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसनरत डा. केसीलाई आज विहान अस्पताल लगिएको हो ।

डा. केसीको खस्किँदो स्वास्थ्य र चिकित्सकको आग्रहमा अस्पताल लगिएको हो । डा. केसीले अस्पतालमै अनसन जारी राख्नु भएको जनाइएको छ । केसीलाई तत्काल आकस्मिक कक्ष (आईसीयू) मा राख्नुपर्ने चिकित्सकहरुको भनाई छ । आईसीयू केयरमा राख्न नसके कुनै पनि बेला दुर्घटना हुन सक्ने भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् ।

डा. केसीलाई निमोनिया भएको छ । जिल्ला अस्पताल इलामका निमित्त मेडिकल सुपरिटेण्डेन्ट विजेन्द्रकुमार झाका अनुसार दायाँ फोक्सोमा इन्फेसक्सन देखिएको र तत्काल आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था छ । इलाम अस्पतालमा आईसीयू केयरको सुविधा नरहेको पनि झाले जानकारी दिनुभयो ।

Facebook Comments