पोखरा म्याराथनको तयारी तीब्र, गत सस्करण भन्दा यसपटक बढी उत्साहित : अध्यक्ष गुरुङ


यही फागुन ७ गते पोखरामा हुने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” लाई सफल पार्न तयारी तीव्र पारिएको छ । आयोजक भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङले विहिबार पत्रकारहरुसंगको छलफलमा प्रतियोगिताको तयारी बारे जानकारी गराउनुभएको हो । उहाँले १२ औ संस्करण भन्दा १३ औं संस्करणमा आफुहरु बढी उत्साहित भएका उल्लेख गर्नुभयो ।

प्रतियोगितालाई सफलपार्न २६ वटा उपसमिति बनाएर र तयारी तिव्र पारेको जनाउदै अध्यक्ष गुरुङले हाल सम्म ३ सय ५७ वटा संघ–संस्था संग समन्वय गरिएको जानकारी दिनुभयो । अध्यक्ष गुरुङका अनुसार प्रतियोगिताले पोखरा महानगरपालिकाका १७ वटा वडाहरुलाई छुने बताउदै वडा अध्यक्षहरुले प्रतियोगिताको तयारीको लागि सहयोग गरेका छन् ।

प्रतियोगितामा जापान, चीन, फ्रान्स सहितका युरोपका समेत धावकहरु सहभागी हुने उहाँले जानकारी दिनुभयो । म्याराथनको ४२ किलोमिटरको दुरीलाई १२ भागमा बिभाजन गरी एम्बुलेन्स सहितको स्वयम सेवकको राम्रो प्रवन्ध मिलाएको अध्यक्ष गुरुङको भनाई थियो । मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले यसपटक प्रविधीमैत्री प्रतियोगिता हुने उल्लेख गर्नुभयो ।

छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राम कृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पुर्व अध्यक्ष नारायण कार्की, पुण्य प्रसाद पौडेल, प्रचार प्रसार समितिका संयोजक केशव पाठक लगायतले प्रतियोगितालाई सफलपार्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने जनाए । सो अबसरमा पोखरा म्याराथनलाई सफल बनाउन संचारकर्मीहरुले सुझाबहरु समेत दिएका थिए ।

Facebook Comments