गण्डकी मेडिकल कलेजको समस्या समाधानका लागि प्रयास जारी : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी मेडिकल कलेजको समस्या छिट्टै समाधान हुने बताउनुभएको छ । गण्डकी प्रदेश सरकारले भित्र भित्रै काम गरिरहेको भन्दै मुख्यमन्त्री गुरुङले विद्यार्थी र अभिभावकको पक्षमा लाग्ने बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको हेल्लो मुख्यमन्त्री कार्यक्रममा विद्यार्थीले राखेका जिज्ञासाको जवाफमा उहाँले यस्तो बताउनुभएको हो । गण्डकी मेडिकल कलेजका सञ्चालकहरु विरुद्ध विद्यार्थीहरुको आन्दोलन चएपछि प्रदेश सरकारले संघीय सरकारको गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिरहेको जानकारी दिनुभयो ।

विद्यार्थी र अभिभावकसँग कुनै पुर्वाग्रह नराख्ने गरी काम हुने उहाँको भनाई थियो । लाइसेन्स वितरणमा किन ढिलाई भन्ने सेवाग्राहीको जिज्ञासामा मुख्यमन्त्री गुरुङले संघीय सरकारसँग समन्वय गर्दा ढिलाई भएको उल्लेख गर्नुभयो । लाइसेन्स वितरणलाई व्यवस्थित गर्ने तयारीमा प्रदेश सरकार लागिपरेको जानकारी दिनुभयो ।

Facebook Comments