पोखरा म्याराथनको पुरस्कार राशी १० हजार डलर पुर्याउनु पर्छ मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेश मुख्यमन्त्रि पृथ्बीसुब्बा गुरुङले पोखरा म्याराथनको पुरस्कार राशीलाई १० हजार डलर पुर्याउनुपर्ने बताउनुभएको छ । १३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनको पूर्ब सन्ध्यामा भएको छलफलमा मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवम पोखरा म्याराथनका मुख्य संरक्षक गुरुङले पोखरा म्याराथन सफल बनाउन आयोजित उच्च स्तरीय बैठकलाई सम्वोधन गर्दै आगामी वर्ष बाट पोखरा म्याराथनको पुरस्कार राशीमा वृद्धी गरि अन्तर्राष्ट्रिय धावकहरु पोखरासम्म ल्याउने बातावरण बनाउनुपर्ने बताउनुभयो ।
सो छलफलमा सरकारका मन्त्रिहरु, प्रमुख सचिब, योजना आयोगका उपाध्यक्ष, सचिबहरु, प्रमुख जिल्ला अधिकारी, शुरक्षा निकायका प्रमुखहरु, र भूतपूर्व खेलाडी मंचका पदाधिकारीहरु समक्ष उहाँले फागुन ७ गते पोखरामा आयोजना हुने पोखरा म्याराथन सफल बनाउन आ–आफ्नो क्षेत्र बाट जुट्न र सहयोग गर्न गर्नुभयो । पोखरा महानगरपालिकाले पोखरा म्याराथनलाई ग्रहण गर्ने र प्रदेश सरकारले सहयोग गर्ने तर्फ सबैको ध्यान पुग्न आवश्यक रहेकामा पनि मुख्यमन्त्री गुरुङले जोड दिनुभयो ।
सो अवसरमा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले आगामी दिनमा पोखरा म्याराथन मार्फत पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सो बैठकमा बोल्दै भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङले पोखरा म्याराथनको १३ औं संस्करणमा आइपुग्दा आफूहरु निकै उत्साहित भएको बताउनुभयो । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्र बाट नेपालीहरुले देखाएको सदभाव संगै प्रदेश सरकार र पोखरा महानगरपालिका बाट प्राप्त सहयोगले आगामी दिनमा पोखरा म्याराथन नयाँ जग बाट उभ्याउन सहयोग मिल्ने उहाँको भनाई छ ।

