भारतको उत्तरप्रदेशमा कुम्भ मेला शुरु

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा कुम्भमेला सुरु भएको छ । संसारकै ठूलो मानिएको मेलाको पहिलो दिनमा नै एक करोडभन्दा बढी मानिस सहभागी भएको बताइएको छ । मंगलबारदेखि शुरु भएको ४९ दिनसम्म चल्ने मेलामा करिब १२ करोडले भाग लिने अनुमान गरिएको छ ।

मेलाका अवसरमा हिन्दु तीर्थयात्री गंगा, यमुना र पौराणिक नदी सरस्वतीको संगमस्थलमा स्थान गर्नाले पाप पखालिने जनविश्वास रहेको छ । ४५ क्षेत्रफलमा मेला लाग्ने व्यवस्था मिलाइएको छ । मेलामा करिब २८ अर्ब भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

उत्तर प्रदेश सरकारले केही महिनाअघिमात्रै इलहावादको नाम परिवर्तन गरी प्रयागराज राखेको थियो । प्रयागमा प्रत्येक १२ वर्षमा परापूर्वकादेखि मंकर संक्रान्तिका दिनदेखि कुम्भमेला आयोजना हुँदै आएको छ । १२ वर्षअघि भएको कुम्भमेलामा करिब १० करोड तीर्थालु पुगेका थिए ।

Facebook Comments