जामुने डाँडा माध्यमिक बिद्यालयमा ज्ञान महायज्ञ शुरु

स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं २ मोचाबारीमा रहेको जामुनेडाडाँ माध्यमिक बिद्यालयमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ २०७५ शुरु भएको छ । । बि.सं. २०१७ सालमा स्थापित जामुनेडाडाँ माध्यमिक बिद्यालयले प्राबिधिक शिक्षा (वागवाणी बिज्ञान) सञ्चालनको उद्देश्यसहित ज्ञान महायज्ञ आयोजना गरेको हो ।

ज्ञान महायज्ञ प्रतिनिधिसभा सदस्य अमृता थापामगरले समुद्घाटन गर्नुभएको हो । कार्यक्रम हुनुअधि कलशयात्रा गरिएको थियो । उक्त ज्ञान महायज्ञमा शिरोमणी पण्डित दिपकप्रसाद पौडेलको संगितमय कथा प्रबचन रहने छ । बिद्यालयका प्राध्यानाध्यापक रामचन्द्र शर्माले बिरुवा गाउँपालिका क्षेत्रमा कृषिको प्रचुर सम्भावना रहेकोले उक्त बिद्यालयमा कृषि शिक्षालाई समेत प्राथमिकतामा राख्ने बताउनुभयो ।

ज्ञान महायज्ञ अन्तर्गत माघ ४ गते परिक्षित र कली संवाद तथा सतीदेवी र महादेव चरित्र, माघ ५ गते धुर्व र जड भरत तथा रहुगण संवाद चरित्र, माघ ६ गते प्रल्हाद एवं वली र वामन चरित्र, माघ ७ गते राम, सीता र लक्ष्मण संवाद, माघ ८ गते कृष्ण जन्मोत्सव, कृष्ण वाललिला, कृष्ण र रुक्मिणी बिवाह, माघ ९ गते कंशवध चरित्र साथै सुदामा चरित्र झाँकी प्रस्तुत र अन्तिम दिन बांकी कथा प्रसगं र जनचेतनामुलक नाटक प्रस्तुति समावेश गरिने बताइएको छ ।

Facebook Comments