कालिकोटको पचालझरना गाउँपालिकाले भेडाबाख्रा पालक किसानलाई भत्ता दिने
कालिकोटको पचालझरना गाउँपालिकाले भेडाबाख्रा पालन गर्ने किसानलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले न्युनतम ६० वटा भेडाबाख्रा पालन गर्ने किसानलाई मासिक भत्ता दिने निर्णय गरेको हो ।
६० वटा भेडाबाख्रा पालन गर्नेलाई मासिक १ हजार र १०० वटाभन्दा माथि पाल्ने किसालाई मासिक २ हजार भत्ता दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले जानकारी दिनुभयो ।
गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्नका लागि पशुपालन नीति बनाएको छ । पशुपालन गर्न चाहने किसानहरूलाई सहुलियतमा ऋण दिने र विपन्न परिवारलाई रोजगार दिलाउन अनुदान व्यवस्था गरिने गाउँपालिका कार्यालयले जनाएको छ ।
Facebook Comments

