सासंद बरालद्वारा सेती नदी तटबन्द अवलोकन
पोखरा महानगरपालिका वढा न. २५ हेमजाको सेती नदी किनारमा रहेको तटबन्द गण्डकी प्रदेशका सांसद रामजी बराल(जीवन)ले अवलोकन गर्नुभएको छ । हेमजामा रहेको बालकल्याण आधारभुत प्रा.बि.देखि क्रान्ति टोल हुदै मसिना बगरसम्म रहेको ३५ वटा तटबन्दस्थलको बरालले अवलोकन गर्नुभएको हो ।
सांसद बराल र पोखरा २५ का वडा अध्यक्ष शोभाखर तिम्सिना, सदस्य जितबहादुर कार्की र दलबहादुर कुवँर, इन्जिनियर छबिलाल सुबेदी र ई सुजन खडका सहित स्थानीयबासी समेतको सहभागितामा अवलोकन गरिएको हो ।
उक्त तटबन्द गण्डकी प्रदेश भौतिक पुर्बधार मन्त्रालयले रु दश लाखको बजेट बिनियोजनबाट निर्माण गरिएको थियो । सो तटबन्द २०७५ माघ १२ देखि काम सुरु गरि फागुन २ गते सकिएको भएको सेति नदि तटबन्द निर्माण समितिका अध्यक्ष लिला थापा मगरले जानकारी दिनुभयो । नदी किनारका भौतिक संरचनामा क्षति रोक्नका लागि तटबन्द गरिएको हो ।

