एक दिने निःशूल्क पशु स्वास्थ्य शिविर सम्पन्न
युवालाई व्यवसायिक पशुपालनमा आकर्षित गर्ने र पशु स्वास्थ्यको बारेमा जानकारी दिने लक्ष्य सहित पोखराको आर्वामा ३५ दिने ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम सञ्चलान भइरहेको छ । त्यसै तालिम अन्तर्गत पोखरा महानगरपालिका वडा नं.३३ मा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

वडा नं. ३३ मा सञ्चालन भएको उक्तशिविर बाघमारा र भरतपोखरी गरी दुई स्थानमा सञ्चालन गरिएको थियो । स्थानीयवासीले ३०७ पशुहरुको निःशूल्क उपचार गराएका छन् जसमा ७ गाई, ४४ भैसी, २२१ बाख्रा, १९ कुकुर, ११ खसीको उपचार गरिएको हो ।

परिवर्तनका लागि सहयोग भन्ने मूल नाराका साथ पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको आयोजना र पोखरा महानगरपालिका वडा नं. ३३ को सहयोगमा उक्त शिविर सम्पन्न भएको हो । कार्यक्रममा वडाध्यक्ष शिवप्रसाद आचार्यले जनमुखी कार्यक्रमहरुलाई सफल बनाउन जनप्रतिनिधिहरुको साथ र सहयोग सधै रहने बताउनुभयो ।

