“बालबालिका घोषणापत्र-२०७६” सार्वजनिक

पोखरा महानगरपालिकाको बालबालिका घोषणा पत्र सार्वजनिक गर्दै बालबालिका बहसस शृङ्खला २ सफलतापुर्वक सम्पन्न भएको छ ।

महानगर बाल मंच,पोखराको आयोजना तथा पोखरा महानगरपालिकाको समन्वयमा भएको कार्यक्रमको पहिलो सत्रमा पोखरा महानगरपालिकाका “उपप्रमुख सँग अन्तरक्रिया” गरिएको थियो ।

जसमा पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङ, बाल मंचकी अध्यक्ष एलिना श्रेष्ठकाे सहभागिता रहेकाे थियाे भने बाल मञ्चकै सदस्य दिपेश अधिकारीले सत्रको सहजीकरण गर्नुभएकाे थियाे ।

उपप्रमुख गुरुङले महानगरपालिकाले बाल मैत्री घोषणाको लागि मात्रै घोषणा नभएर सबै ४३ वटा सूचकहरु हासिल गरेर मात्रै घोषणा गरिने बताउनुभयाे ।

हाल बाल मंच सक्रिय भएर बाल मैत्री अभियानमा लागेको बताउदै बाल मंचकी अध्यक्ष एलिना श्रेष्ठले आगामी दिनमा पनि महानगरपालिकाले आफूहरुलाई यस्तै साथ र सहयोग गर्नेमा आशावादी रहेको उल्लेख गर्नुभयाे ।

कार्यक्रम संयोजक आरोग्य मोहन काफ्लेले घनिभूत रुपमा गृहकार्य गरी प्रमुख र उपप्रमुख ज्यूबाट समेत सदर भई घोषणा पत्र जारी हुनु ऐतिहासिक उपलब्धी भएको जनाउँदै यसको कार्यान्वयनमा पनि बाल मंच र महानगरपालिका प्रतिबद्व रहेको बताउनुभयाे ।

कार्यक्रमको दोस्रो सत्रमा उप—प्रमुख मन्जुदेवी गुरुङ र घोषणा पत्र मस्यौदा समितीका केही सदस्यहरुको उपस्थितीमा “पोखरा महानगरपालिकाको बालबालिका घोषणा पत्र— २०७६” साथमा बालमैत्री सूचकहरुको संगालो पनि सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा बाल मंचका सदस्य निलकण्ठ त्रिपाठीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने सचिब सन्देश वि.क.ले संचालन गर्नुभएकाे थियाे ।

Facebook Comments