एसीसी इमर्जिङ टिम्स कप बंगलादेशसँग नेपाल पराजित
बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कपमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित पराजित भएको छ ।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले फितलो ब्याटिङ गर्दा बंगलादेशसँग ८ विकेटले हार ब्यहोरेको हो । जसमा नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा मात्रै समेटियो ।
यता, १३९ रनको लक्ष्य पछ्याएको बंगलादेशले भने २४ ओभर सकिदा २ विकेट गुमाउँदै नेपालले दिएको लक्ष्य पूरा ग¥यो ।
बंगलादेशका लागि नजामुल शान्तोले सर्वाधिक अभिजित ५९ रनको योगदान गरे । त्यस्तै, नइम शेखले ४५ रन जोडे ।
त्यस्तै यासिर अलि चौधरी १८ रनमा अभिजित रहे । सौम्य सरकारले ११ रन मात्रै बनाए ।
नेपालका लागि करण केसी र सुशन भारीले समान १ विकेट लिए । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले ३३ रनको साझेदारी गरे ।
नेपालका लागि कप्तान ज्ञानेन्द्रले सर्वाधिक २२ रनको योगदान गरे । कुशल भुर्तेलले १० रन मात्रै जोडे ।
हङकङसँग उत्कृष्ट अर्धशतकीय पारी खेलेका शरद भेषवाकर १ रनमै पेभेलियन फर्किए । त्यस्तै, दीपेन्द्रसिंह ऐरी समेत ६ रन बनाएर आउट बने ।
मोहम्मद आरिफ शेख २० दशमलव ४ ओभरमा ११ रन बनाएर पभेलियन फर्किए । त्यस लगत्तै आएका सन्दीप जोराले कुनैपनि रन जोडन सकेनन् ।
उनी २१ दशमलब ३ ओभरमा आउट हुन पुगे । बिनोद भण्डारीले ८ रन बनाएर आउट भए ।
त्यसबेला, नेपालले ८५ रन बनाएर ८ विकेट गुमाएको अवस्थामा थियो । त्यसपछि सोमपाल कामी र करण केसीले ५० रनको साझेदारी गरे ।
करण केसीले १८ रन बनाएर आउट बने । सोमपाल कामीले सर्वाधिक ३८ रन जोडे । सुशन भारी १ रनमा नटआउट रहे ।
पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित बनेको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराएको थियो । सोमबारको जितसँगै बंगलादेश समूह बिजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ ।

