सच्याइ केन्द्रका गतिविधि राेक्न माग

सच्चाइ केन्द्रका नाममा हुने गतिविधि राेक्नुपर्ने माग सहित जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र पेश गरिएकाे छ ।

पोखरा महानगरका विभिन्न वडाहरुमा ध्वनी प्रदुषण सहित विकृति फैलाईएको भन्दै टोल विकास संस्थाहरु विरोधमा उत्रिएका हुन् ।

महानगरका एक दजर्नभन्दा बढी वडामा विना दर्ता गैरकानूनी रुपमा सञ्चालित त्यस्तो संस्थाले ध्वनी प्रदुषण गर्नुका साथै सर्वसाधारणलाई प्रलोभनमा पार्ने तथा क्रिश्चियनका गतिविधिलाई अघी बढाउने गरेकाे टाेल विकास समितिका तर्फबाट पेश गरिएकाे ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

उक्त संस्था दर्ता समेत नगर्न र गैरकानूनी कार्य रोक्न टोल विकास संस्थाहरुको माग छ ।

मंगलबार उनीहरुले जिल्ला प्रशासन कार्यालय कास्कीका निवदेन दर्ता गराउँदै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन् ।

पोखरा ८ को लालीगुुँरास टोल विकास संस्था, कुँबर टोल विकास संस्था, वडा नं १२ को आदर्श समाज सामाजिक संस्था, पोखरा १७ को सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर, माछापुच्छ्रे टोल विकास संस्था, पिपलडाली टोल विकास संस्था लगायत एक दर्जनभन्दा बढी संस्थाले प्रशासनलाई छुट्टाछुट्टै निवदेन दर्ता गरी ध्यानाकर्षण गराएका थिए।

सच्चाइ नाम संस्थाले ध्वनी प्रदुषणका साथ सामाजिक सद्भाव खलल पु¥याउने, वाइवल पढाउने,प्रार्थनाले सबै रोग निको हुन्छ भन्दै दीर्घ रोगीहरुलाई औषधी सेवन गर्नबाट बञ्चित गराउँदै मृत्युको मुखमा पु¥याउने जस्ता कार्य गर्दै आएकाले तुरुन्त बन्द गर्न प्रशासनलाई बुझाइएको निवेदनमा उल्लेख छ ।

केही दिनअघि वडा नं ११ र १२ को बीचमा एक घरमा सञ्चालन गरिदै आएको सच्चाई केन्द्रलाई स्थानीयले बन्द गराएका थिए ।

Facebook Comments