पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रमका लागि चिटिक्क पोखरा सभागृह

पोखरा सभागृह यतिबेला सजावटले फरक देखिएको छ । पाल्पाली समाज पोखरा स्थापनाको २५ वर्ष पुगेको अवसरमा समाजले रजतजयन्ती मनाउन लागेकाले सभागृहलाई फरक ढंगले सजावट गरिएको हो । पाल्पामा रहेको दरबारको स्वरुप झल्कने गरी सजावट गरिएको छ ।

माघ ५ गते शनिबार पोखरा सभागृहमा ‘सिटिजन फर्निचर पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम–२०७५’ गर्न लागिएको छ । सोही कार्यक्रमलाई सभागृहको बाहिरी साजसज्जा गरिएको हो । पाल्पाको रहनसहन, मौलिक संस्कृति, कला, भेषभूषा लगायतको पहिचान गरी श्रव्य–दृश्य सामग्रीमार्फत् प्रदर्शन गरी पाल्पालाई चिनाउन पनि कार्यक्रम सहयोगी हुने आयोजकको विश्वास रहेको छ । कार्यक्रमले पोखरासँगै पाल्पाको समेत पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Facebook Comments