देश विकासका लागि प्राविधिक शिक्षा आवश्यक : सांसद पहारी
पोखरा महानगरपालिका २३ माझथुममा रहेको सिद्ध बराह माविको ४ कोठे भवनको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका सांसद राजीब पहारीले शुक्रबार एक कार्यक्रमकावीच भवनको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा सम्बोधन गर्दै सांसद पहारीले देश विकासका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभयो ।
उहाँले सिद्ध बराह माविमा प्राविधिक शिक्षा ल्याउनलाई सक्दो सहयोग गर्ने पहारीको भनाई थियो । उहााले पोखरा महानगरपालिका वडा नम्बर २३ पोखराका महानगरपालिकाको ठुलो वडा भएपनि विकासका दृष्टिले पछि रहेको उल्लेख गर्नुभयो । पहारीले नगद ५० हजार प्रदान गर्ने घोषणा समेत गर्नुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष विष्णुप्रसाद पराजुलीले वडामा पूर्वाधार विकास हुन नसकेको बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमेराज भण्डारीले विद्यालयमा शैक्षिक विकासका लागि आफुहरु लागि परेको बताउनुभयो ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्यन इकाई कास्कीको सहयोगमा निर्माण ४ कोठे भवन निर्माण हुन लागेको हो । निर्माणका लागि ७० लाख रुपैया सहयोग प्रदान गरे पछि विद्यालयको भवन निर्माण गर्न थालेको विद्यालयका प्रधानध्यापक बद्रिनाथ पराजुलीले जानकारी दिनुभयो । २०७२ साल बैशाख १२ गते गएको भुकम्पका करण भवन चर्किएपछि निर्माण हुन लागेको हो ।

