सामुदायिक सेवा केन्द्र वगरद्धारा खुल्ला रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन
६९ औं प्रजातन्त्र दिवसको अवसरमा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
एन.आई.सी एशिया वैकको सहयोगमा भएको उक्त रक्तदान कार्यक्रममा ५१ जना रक्तदाताले रक्तदान गरेका थिए ।
कार्यक्रममा बौल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक रिवन्द्रमान गुरुङले सामुदायिक र प्रहरीबीचको सहकार्यले शान्ति स्थापना गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा एनआईसी एसिया बैक गण्डकी प्रदेशका क्षेत्रीय प्रबन्धक दीपेन्द्र शर्मा, पोखरा महानगरपालिका वडा नं. १ कि वडा अध्यक्ष शारदा कुमारी पराजुली, सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका वरिष्ठ उपाध्यक्ष बोधराज कार्की, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी निवर्तमान अध्यक्ष जिवन अधिकारी, पूर्व अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पृथ्वीचोकका अध्यक्ष जयराम अधिकारी, राष्ट्रिय उच्च माविका प्रध्यानाध्यापक वेदप्रसाद वस्ती, लागु औषध नियन्त्रण तथा समाज सुधार आम समूहकी अध्यक्ष विष्णुकुमारी गुरुङ, रेडक्रस उपशाखा वडा नं. १ सभापति विष्णु अधिकारी, २ का सभापति खगेन्द्र पराजुलीले रगतको महत्व बारे बोल्नुभएको थियो ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरका अध्यक्ष मनपति भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक मेघनाथ काफ्लेले स्वागत र सचिव कल्पना आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

