परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली दम्पतीद्वारा मरणोपरान्त आफ्नो अंगदान गर्ने घोषणा

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले मरणोपरान्त आफ्नो अंगदान गर्ने घोषणा गर्नुभएको छ । उहाले आफ्ना शरीरका ६ वटा अंगदान गर्ने घोषणा गर्नुभएको हो ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजित कार्यक्रममा उहाँले शरीरका ६ वटा अंगदान दिन मञ्जुरीनामा गर्नुभएको छ ।

मन्त्री ज्ञवालीले मृगौला, मुटु, फोक्सो, कलेजो, प्यांक्रियाज, सानो आन्द्रालाई मरणोपरान्त आवश्य भएको जुनसुकै बिरामीका लागी प्रयोग गर्नपाउने गरी मञ्जुरीनामा दिनुभएको छ ।

कार्यक्रममा ज्ञवालीकी श्रीमती सरस्वती ज्ञवाली अर्यालले पनि शरीरका ६ वटा अंगदान दिने मञ्जुरीनामा गर्नुभएको छ ।

मानिसकाे मृत्यु भएपछि पनि निश्चित अंगहरूले अन्य विरामी मानिसलाइ प्रत्याराेपण गर्न सकिन्छ । त्यस्तै अध्ययन अनुसन्धानका लागि पनि मृत शरीर दान गर्ने चलन रहेकाे छ ।

Facebook Comments