पोखरा पद्म नर्सिङ होमकाे विवाद मिल्याे

पोखरा पद्म नर्सिङ होम अस्पताल र पद्म नर्सिङ होम स्कुुल अफ नर्सिङवीचकाे विवाद टुंगिएको छ । अस्पतालको माग अनुसार ६० लाख रुपैयाँ  बुझाउने सहमतिपछि विवाद टुंगिएको कलेज प्रशासनले जनाएको छ । 

अस्पताल र स्कुुल अफ नर्सिङका संचालकवीचकाे विवादका कारण विद्यार्थीकाे पढाइ समेत अन्याेलमा परेकाे थियाे ।

अस्पतालको माग अनुसारको रकम तिर्ने सम्झौतापछि विवाद टुङ्गिएको कलेज प्रमुुख इन्दु थापाले जानकारी दिनुभयाे । सहमतिसँगै अब नर्सिङ कलेजलाई अर्को १ सय शैयाको अस्पतालमा मर्ज हुने बाटो समेत खुलेको छ ।

‘कलेजलाई पनि आफ्नो स्वामित्वबाट फुक्का गरिदिनुभयो,’ थापाले भन्नुभयाे, ‘उहाँहरुले बेड पनि नथप्ने, कलेज पनि नचाहिने बताउँनुभयो । अब हामी उहाँहरुको स्वामित्वमा छैनौं ।’ 

कलेजले १ सय शैयाको अर्को अस्पतालसँग सम्झौता गरेर अघि बढ्ने छ । विवाद टुंगिएसँगै नयाँ विद्यार्थी भर्ना रद्द हुने खतरा समेत टरेको छ । अस्पतालले पनि कलेजले चाहे अनुसार नै सम्झौता गरेको जनाएकाे छ ।

Facebook Comments