पोखरामा सांगीतिक कार्यक्रम सप्तरंग–२ हुने
ग्रिस्मा ब्रोडकास्टिङको आयोजनामा बुधबार पोखरा अमरसिंह चोकमा सप्तरंग सांगीतिक कार्यक्रम हुने भएको छ ।
पर्यटन प्रवर्धन र समुन्नति नारा सहित हुने कार्यक्रममा महानायक राजेश हमाल, नेपाल आइडलका विजेता रवि ओड, मेलिना राई, हास्य कलाकार जितु नेपाल, हिमाल सागर, सुगम पोखरेल र प्रकाश सपुतको प्रस्तुति रहने छ ।
कार्यक्रमको स्थानीय आयोजक बार्दली मिडियाका मन क्षेत्रीका अनुसार सप्तरंग सांगीतिक कार्यक्रम देशका अन्य ६ प्रदेशमा भएपछि पोखरा हुन लागेको हो ।
कार्यक्रमबुधबार पोखरा अमरसिंह चौरमा साँझ४ बजेपछि सुरु हुनेछ । प्रवेश निशुल्क गरिएको कार्यक्रममा नेपाल पुलिस क्लब, बिटुडी डान्स स्कुलको समेत प्रस्तुति रहने क्षेत्रीले जानकारी दिनुभयो ।
Facebook Comments

